
उपनिर्वाचनमा मतदाताहरूले उत्साहजनक मतदान गर्दै गर्दा कास्कीको ३ ठाउँमा बम विष्फोट भएको छ ।
पोखरा ३३ भरतपोखरीस्थिति सरस्वति टिका मावि, पोखरा ९ को नवाप्रभाव मावि र पोखरा १६ को शान्ति माविमा बम विष्फोट भएको हो ।
३ वटै बम विष्फोट सामान्य भएको प्रहरी प्रशासनले जनाएको छ । विष्फोटबाट सामान्य क्षति भएको थियो ।
बम विष्फोटपछि मतदाताहरू केहीबेर तितरवितर भएका थिए ।
बम विष्फोटपछि कांग्रेसका कार्यकर्ताहरूले शान्ति माविमा रहेको बुथ क्याप्चर गर्न प्रयास गरेको भन्दै केही बेर तनावको सिर्जना भएको थियो ।
कास्कीमा मतदाताको उपस्थिति उल्लेख्य रहेको र मतदान शान्तिपूर्ण रहेको कास्की जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले लोकान्तरलाई बताए ।