०४ असार २०८३, बिहीबार

सागमा सुरक्षा : देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा दिन निर्देशन

मंसिर १४, २०७६
सागमा सुरक्षा : देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा दिन निर्देशन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले साग प्रतियोगितामा भाग लिन आउने खेलाडीको आगमनको समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

महानिरीक्षक खनालले नेपाल आउने पाहुनालाई बिना झन्झट कुनै अप्ठ्यारो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका साथ छिटोछरितो सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता र विशिष्ट पाहुनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न निर्देशन दिए ।

उनले विमानस्थलमा हुनसक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने बताए । निरीक्षणको क्रममा महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधनस्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्