३२ असार २०८३, बिहीबार

नेकपाको विजयी शुरूवात, रोल्पाको थवाङमा वडाध्यक्ष जित्यो

मंसिर १४, २०७६
नेकपाको विजयी शुरूवात, रोल्पाको थवाङमा वडाध्यक्ष जित्यो

सबैभन्दा कम मतदान भएको रोल्पाको थवाङमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् ।

रोल्पाको थवाङ गाउँपालिका–१ मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका जनकबहादुर बुढा १७४ मत ल्याएर विजयी भएका छन् ।

निर्वाचनमा कांग्रेसका कलमबहादुर बुढाले २६ मत पाएका छन् भने ९ मत बदर भएका छन् । शनिवार भएको उपनिर्वाचनमा वडाका अधिकांश मतदाताले ‘नो भोट’ अगाल्दै मतदानमा सहभागी जनाएनन् । थवाङमा देशभरमै सबैभन्दा कम मतदान भएको थियो ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार मतदानमा १ सय १२ पुरुष र ९७ महिला सहभागी भएका थिए । उनले कूल १६.४ प्रतिशत मत खसेको लोकान्तरलाई जानकारी दिए । 

कूल १ हजार २ सय ७४ मतदाता रहेकोमा २ सय ९ मत मात्रै खसेको छ । थवाङ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको आधार इलाकाका रुपमा परिचित छ । यसअघि विप्लवनिकट नेकपाका वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । 

विप्लव निकट उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि विप्लव नेकपा सशक्त बहिष्कारमा लागेको थियो । फलस्वरुप थोरै मत खसेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्