१० असार २०८३, बुधबार

विद्यालय भवन निर्माणपछि बालबालिकामा छायो उत्साह

कात्तिक २०, २०७४
विद्यालय भवन निर्माणपछि बालबालिकामा छायो उत्साह

पालुङटार, गोरखा, २७ चैत –भूकम्पले विद्यालय भवन क्षति गर्दा गोरखाको पालुङटार नगरपालिका वडा नं. ३ स्थिति डुम्रे निम्नमाध्यमिक विद्यालयको पढाई एक वर्षभन्दा लामो समय प्रभावित भयो । भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन नसक्दा विद्यालयमा अध्ययनरत् १ सय १२ बालबालिकाको पढाई प्रभावित हुन पुग्यो ।

तर, एक गैरसरकारी संस्था वल्र्ड भिजनको आर्थिक सहायतामा क्षतिग्रस्त भवनको पुनर्निर्माण भएपछि भने अहिले उक्त विद्यालयको पढाई साविकझैं सञ्चालन हुन थालेको छ । वल्र्ड भिजनले गत भदौमा भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माण गरिदिएपछि विद्यालयमा साविकको झैं पढनपाठन हुन थालेको निमित्त प्रधानाध्यापक हेमदत्त ढकालले बताए ।
वल्र्ड भिजनले साढे १३ लाख रुपैयाँमा २ कोठे भूकम्पप्रतिरोधी भवनका अतिरिक्त सबा नौ लाख रुपैयाँ लागतमा शौचालयसमेत निर्माण गरिदिएको छ ।

‘क्षतिग्रस्त भवनको पुनर्निर्माण र शौचालयसमेत बनेपछि विद्यालयको पठनपाठनमा सहजता आएको छ,’ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रीमलले भने ।

भूकम्पले उक्त विद्यालयको भवन चिराचिरा बनाईदिएपछि बस्न असुरक्षित भएको थियो । ‘एक वर्षभन्दा लामो समय अस्थायी टहरामा विद्यार्थी पढायौं,’ निमित्त प्रधानाध्यापक ढकालले भने ।

वल्र्ड भिजनको आर्थिम सहायतामा २०७२ साल चैतदेखि क्षतिग्रस्त भवनको पुनर्निर्माण थालिएको थियो । उक्त पुनर्निर्मित भवन गत भदौदेखि सञ्चालनमा ल्याइएको थियो । उक्त भवन भूकम्पप्रतिरोधी छ भने शौचालय अपाङ्गमैत्री छ ।

वल्र्ड भिजनले जिल्ला प्रशासन कार्यालयको समन्वयमा विद्यालयको पुनर्निर्माण गरेको हो ।

भूकम्पछि विद्यालयमा अध्यापन बालबालिकाका लागि सरसफाईका सामग्री, पाठ्यक्रमका अतिरिक्त उपयोगी पुस्तकहरू, मनोसामाजिक तालिम, प्रकोप न्यूनिकरण अभ्यास, प्राथमिक उपचार पद्वती लगायतका उपयोगी तालिम पनि दिइएको वल्र्ड भिजनको भनाई छ ।

त्यस्तै, पालुङटारस्थित हात्ती गौंडामा अवस्थित सरस्वती प्राविमा नेपालकै नमूना विद्यालय बनाउन लागिएको वल्र्ड भिजनले जनाएको छ । यसका लागि शहरी विकास तथा भवन निर्माण समितिबाट स्वीकृतिसमेत लिइसकेको वल्र्ड भिजनले जनाएको छ । विद्यालयमा ८ कोठे उक्त भवन यही अप्रिलबाट सुरु गर्न लागिएको वल्र्ड भिजनले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्