२८ जेठ २०८३, बिहीबार

बाग्लुङ जीप दुर्घटना घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

मंसिर १७, २०७६
बाग्लुङ जीप दुर्घटना घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङमा मंगलबार भएको जीप दुर्घटना घटनाप्रति दुःख प्रकट गरेकी छिन्। गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग १ ज ५२१९ जीप घोपर्नामा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो।

राष्ट्रपति भण्डारीले मंगलबार राति ट्वीट गर्दै भनेकी छिन्, ‘शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन सबैमा अनुरोध छ।’
 

— Bidya Devi Bhandari President of Nepal (@PresidentofNP) December 3, 2019

salt training

कमेन्ट गर्नुहोस्