१२ असार २०८३, शुक्रबार

प्रचण्डले पहिलो पटक बोलाए सचिवालय बैठक, यस्ता छन् एजेण्डा

मंसिर १८, २०७६
प्रचण्डले पहिलो पटक बोलाए सचिवालय बैठक, यस्ता छन् एजेण्डा

नेकपा सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक बैठक बोलाएका हुन्।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्। दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो।

‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले भने, ‘नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ।’

२०७५ जेठ ३ मा तत्कालीन एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएयता दाहालले पार्टीमा आफू पनि अध्यक्ष रहेको महसुस गरिरहेका थिएनन्। पार्टी बैठकको अध्यक्षता र सरकारको नेतृत्वसमेत ओलीले गरेपछि नेकपाभित्र दुई अध्यक्षको कार्य विभाजनको विषय बहसमा थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्