११ असार २०८३, बिहीबार

सुटिङका क्रममा अभिनेताको मृत्यु

मंसिर १८, २०७६
सुटिङका क्रममा अभिनेताको मृत्यु

ताइवानमा जन्मिएका अभिनेता एवम् मोडल गडफ्रे गाओको चीनमा निधन भएको छ ।

‘चेज मी’ टीभी शो को लागि सुटिङ गरिरहेका बेला उनी अचानक लडेका थिए । तत्काल अस्पताल लगिएकोमा उनको मृत्यु भएको थियो । 

३५ वर्षीय गाओ गाओ रियालिटी टीभी शोमा अतिथि प्रतिस्पर्धीको रूपमा सहभागी थिए । तर अचानक उनी शोको सेटबाट लडे । अस्पताल स्रोतले उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको जनाएको छ । 

स्मरण रहोस्, सन् २०११ मा लक्जरी ब्रान्ड लुई भिटनको एक एड क्याम्पेनका लागि छानिने उनी पहिलो एसियाली पुरुष मोडल थिए । त्यसपछि उनले हलिउडमा पनि आफ्नो पहिचान बनाए ।

उनले द मोर्टल इन्स्ट्रुमेन्टः सिटी अफ बोन्समा अभिनय गरे । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्