२६ जेठ २०८३, मंगलबार

समयमै पुस्तक नआउँदा समस्या दृष्टिविहीनलाई समस्या

मंसिर १८, २०७६
समयमै पुस्तक नआउँदा समस्या दृष्टिविहीनलाई समस्या

सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताए।

'अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ', उनले भने, 'तर हामी दृष्टिविहीनका लागि पुस्तक ढिला आउँछ ।' यसरी पुस्तक आउन ढिलो हुँदा आफ्नो पढाइ ढिला हुने गरेको उनले बताए। किताब नआउँदा त्यतिकै विद्यालय जाने र शिक्षकले भनेको सुन्ने मात्रै हुने तर घरमा गएर पढ्ने अवस्था नहुने विद्यार्थीको भनाइ छ । 

दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले समयमै पुस्तक नआउँदा पढाउनसमेत समस्या हुने गरेको बताए। 'दृष्टिविहीन विद्यार्थीका पुस्तक समयमै नआउँदा पठनपाठनमा समस्या हुने गरेको छ', उनले भने। उनका अनुसार दृष्टिविहीनका पुस्तक भदौ÷असोजतिर मात्रै आउने हुँदा दृष्टिविहीनको कक्षा धेरै पछाडि हुने गरेको छ । 

त्यस्तै कक्षा १० भन्दा माथिका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक नछापिने हुँदा समस्या हुने गरेकोसमेत उहाँले बताए। '१० कक्षाभन्दा माथिका विद्यार्र्थीका लागि पुस्तक छापिँदैनन्', उनले भने, 'त्यसले गर्दा पठनपाठनमा समस्या हुने गरेको छ ।' विद्यार्थीले शिक्षकले पढाएको सुनेको आधारमा तथा अडियो सामग्रीका आधारमा पढ्ने गरेका छन्, त्यो पढाउँदासम्म मात्रै बुझ्ने र पछि फेरि दोहो¥याएर पढाइ नहुने हुँदा बिर्सिने समस्या हुने गरेको उनले बताए।

साथै दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपिमा प्रश्नपत्र तयार हुनुपर्ने दृष्टिविहीन शिक्षक कुशल तामाङले बताए। 'अहिले सामान्य विद्यार्थीहरु सरह प्रश्नपत्र आउँछन्', उहाँले भन्नुभयो, 'त्यसले गर्दा दृष्टिविहीनले आफैँ प्रश्न पढ्न पाउँदैनन्, अर्काले भनिदिएको प्रश्नको आधारमा उत्तर लेख्नुपर्ने हुन्छ ।’ साथै उनले अन्य अपाङ्गता भएका व्यक्तिसरह दृष्टिविहीनलाई दाँज्न नहुनेसमेत बताए। 'अन्य अपाङ्गताभन्दा दृष्टिविहीन भएका व्यक्ति फरक हो, १० प्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये दृष्टिविहीन भएका व्यक्तिले यो संसार देख्न पाएको हुँदैन', उनले भने, 'त्यसैले राज्यले पनि विशेष तरिकाले हुनुपर्छ ।' अहिले दाङमा गुरुजजुर मावि तुलसीपुर र लमहीको आदर्श मावि लालमटियामा दृष्टिविहीनका लागि पठनपाठन भइरहेको छ । 

तुलसीपुरमा ३० र लमहीमा १० भन्दा बढी दृष्टिविहीन विद्यार्थीलाई छात्रावास सञ्चालन गरेर अध्यापन गराइएको छ । तुलसीपुरमा तीन र लमहीमा एकजना दृष्टिविहीन शिक्षक कार्यरत छन् । साथै दृष्टिविहीनका लागि सरकारले समयमै बजेट पनि उपलब्ध गराउनुपर्ने उनहरूको माग छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्