०२ साउन २०८३, शनिबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कस्तो छ ? हेर्नुस् अस्पतालको ताजा विज्ञप्ति

मंसिर १८, २०७६
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कस्तो छ ? हेर्नुस् अस्पतालको ताजा विज्ञप्ति

महाराजगञ्जको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पतालले प्रेस विज्ञप्ति जारी गरेको छ ।

बुधवार बिहान १० बजे प्रेस विज्ञप्ति जारी गर्दै अस्पतलाले ओलीलाई ‘चिकित्सकीय अवलोकन’मा राखिएको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको समेत जनाइएको छ ।

मंसिर १० गतेदेखि शल्यक्रियापछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका छन् । 

हेर्नुस् अस्पतालको विज्ञप्ति –

salt training

कमेन्ट गर्नुहोस्