०५ असार २०८३, शुक्रबार

मार्सले मनायो १६ औं वार्षिकोत्सव

मंसिर १८, २०७६
मार्सले मनायो १६ औं वार्षिकोत्सव

मार्स प्रालिले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । 

मार्स विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको छ ।

एजेन्सीले डिजिटर मार्केटिङमा पनि कृतिमान प्राप्त गरेको छ । १६ वर्षको समयावधिमा मार्स प्रालिले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकलाई सन्तुष्टि प्रदान गर्दै आएको जनाइएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले १६ वर्षको सफल कार्यले सम्पूर्ण टीममा उत्साह थपिएको बताए । सन् २००३ मा स्थापित भएर २०१९ सम्म आइपुग्दा नेपालका केही ख्याति प्राप्त कम्पनीको सेवा गरेर सन्तुष्टि दिएर आगामी दिनमा अझ राम्रो गर्ने चुनौती थपिएको उनले बताए ।

मार्स आफ्नो १६ औं वसन्त पार गर्दागर्दै ‘कन्टिन्युअसली डेलिभरी क्रिएटिभिटी विथ पर्फेक्सन’ नाराका साथ अगाडि बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्