२४ जेठ २०८३, आइतबार

काममा भन्दा पार्टीमा रमाइलो गर्ने, महिलाको घरबार बिगार्ने आरोप लागेका एसएसपी राणालाई कारबाही गर्न पत्राचार

मंसिर १९, २०७६
काममा भन्दा पार्टीमा रमाइलो गर्ने, महिलाको घरबार बिगार्ने आरोप लागेका एसएसपी राणालाई कारबाही गर्न पत्राचार

गृहमन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

एक महिलाको उजुरीका आधारमा मन्त्रालयले प्रारम्भिक छानबिन गरी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । एक महिला प्रहरीमाथि दुव्र्यवहार गर्दै आएकोसमेत उजुरीमा उल्लेख छ । सोही घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको उजुरीमा उल्लेख छ ।

उजुरी परेपछि गृहले गोप्य रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा एसएसपी राणा काममा भन्दा पार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको पाइएको गृहका एक अधिकारीले बताए । एसएसपी राणाले भने महिलाले आफूविरुद्ध उजुरी दिएकोबारे जानकारी नभएको नयाँ पत्रिकालाई बताए । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्