१० असार २०८३, बुधबार

भ्रमण वर्षकै सदस्य अलमल्ल

मंसिर १९, २०७६
भ्रमण वर्षकै सदस्य अलमल्ल

 नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक महिनाभन्दा कम समय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ दिनपछि जनवरी १ मा भ्रमण वर्ष उद्घाटन गर्ने कार्यक्रम पनि तय भइसकेको छ ।

भ्रमण वर्ष संयोजक सुरज वैद्यसँग प्रभावकारी समन्वय नहुँदा उनैले नेतृत्व गरेको ‘कार्यक्रम कार्यान्वयन उपसमिति’ का सदस्य र कर्मचारी भने अझै अलमल्ल छन् । 

भम्रण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिकासदस्य नवराज दाहालले उपसमितिमा गहन छलफल नै नहुने गरेको बताए । ‘उद्घाटन कार्यक्रम त भव्य नै होला तर के कसरी हुने भनेर खाका आइसकेको छैन,’ उनले भने, ‘भम्रण वर्षको टिमभित्र हामी आफैं अलमलिएका छौं ।’ सरकारले सन् २०२० मा नेपाल घुम्न आउने पर्यटकको बसाइ कति दिन बढाउने र आम्दानी कति बढ्ने भनेर आधिकारिक धारण सार्वजनिक नगरेको उनले बताए ।

‘पर्यटनमन्त्रीले कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतबाट १० प्रतिशत पुर्‍याउने भाषण गरेको सुनेँ तर यो कुनै आधारमा टेकेर बाहिर आएको अभिव्यक्ति होइन,’ ट्रेकिङ व्यवसायीहरूको छाता संगठन (टान) का निवर्तमान अध्यक्षसमेत रहेका उनले भने । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्