सामाजिक सञ्जालका कारण रानू मण्डल भाइरल भइन् ।
उनले गाएको लता मंगेशकरको 'एक प्यार का नगमा है' गीतले उनको चर्चा रातारात चुल्यायो ।
उनको गायकीको चर्चा चल्नुका साथै प्रशंसा पनि निकै भयो ।
रानूपछि लताको गीत २ वर्षीया बालिकाले गाएकी छन् । २ वर्षीया बालिकाले गाएको उक्त गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले लताका 'लग जा गले' गीत गाएकी हुन् ।