१५ असार २०८३, सोमबार

काठमाडौंको आकाशमा बदली, के पानी पर्ला ?

कात्तिक २०, २०७४
काठमाडौंको आकाशमा बदली, के पानी पर्ला ?

काठमाडौं, ५ मंसिर –काठमाडौं उपत्यकाको मौसममा आज बदली देखिएको छ । हिजोअस्तिसम्म दिउँसोको समयमा घाम लागेको उपत्यकाको आकाशमा आज धुम्म बादल लागेको छ ।

कतिपयले यसलाई पानी पर्न लागेको संकेत भनेका छन् । तर, देशैभरी तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बरूण पौडेलले काठमाडौं उपत्यकामामात्र नभइ देशभरी नै तत्काल पानी पर्ने सम्भावना नरहेको बताए ।

‘हिजोअस्तिको तुलनामा काठमाडौं उपत्यकामा धुम्म बादल लागेको छ,’ मौसमविद् पौडेलले भने, ‘यो सामान्य मौसमी प्रक्रिया हो ।’ काठमाडौं उपत्यकामामात्र नभएर देशमा अधिकांश भुभागमा मंगलवार आंशिक मौसम बदली देखिएको उनले बताए ।

मंगलवार देशको पूर्वी, पश्चिमी र मध्य क्षेत्रको पहाडी भूभागमा आंशिक बदली देखिएको विभागले बताएको छ । तराई क्षेत्रमा भने आजदेखि कुहिरो हटेको विभागको भनाइ छ । ‘पानी पर्नेगरी त्यस्तो महत्वपूर्ण मौसमी परिवर्तन केही पनि देखिएको छैन,’ पौडेलले थपे ।

salt training

कमेन्ट गर्नुहोस्