मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर राजनीतिक दलले आफूअनुकुल व्याख्या गरिरहेका छन् ।
नेकपाका प्रभावशाली केन्द्रीय सदस्य एवं प्रदेश ३ का सचिव आनन्द पोखरेल भने उपनिर्वाचनको नतिजाले नेकपा सरकारको कामलाई अनुमोदन गरेको दाबी गर्छन् ।
लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै नेता पोखरेलले धरान र भक्तपुरमा नेकपाको पराजयमा कांग्रेसले सन्तोष मानेपनि समग्रमा उपनिर्वाचनले नेकपालाई पुनः अनुमोदन गरेको दाबी गरे ।
नेकपाको नीति तथा कार्यक्रमलाई जनताले अनुमोदन गरेको भए धरान, भक्तपुर र चितवनको भरतपुरमा नेकपाले किन पराजय बेहोर्नुपर्यो ? नेकपा सरकारको कामप्रति जनता किन निराश बने ? वैकल्पिक राजनीतिको वकालत गर्ने दल नेकपाका लागि कति चुनौतिपूर्ण छन् ? सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सम्भव छ ?
भ्रमण वर्ष घोषणा गरेका पूर्व पर्यटन मन्त्री पोखरेलसँग गरिएको कुराकानी, हेर्नुहोस् भिडियोमा :