२१ जेठ २०८३, बिहीबार

भारत साग महिला फूटबलको फाइनलमा

मंसिर १९, २०७६
भारत साग महिला फूटबलको फाइनलमा
फाइल फोटो

तेह्रौं दक्षिण एशियाली खेलकूलद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भारतले आजकै पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोल अन्तरले हराएको थियो ।

महिला फुटबलमा आज  नेपाल माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्