०३ साउन २०८३, आइतबार

वडाध्यक्षमा विजयी नेतालाई सम्मान गर्दै महतले भने– जनता विधिको शासनको पक्षमा

मंसिर १९, २०७६
वडाध्यक्षमा विजयी नेतालाई सम्मान गर्दै महतले भने– जनता विधिको शासनको पक्षमा
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले जनता विधिको शासनको पक्षमा रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको उपनिर्वाचनमा विजयी वडा अध्यक्षहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसले विधि मान्यो त्यसैलाई जनताले छानेको बताए ।

उपनिर्वाचनमा कांग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उनले सरकारप्रति जनताको वितृष्णा जागेको दाबी गरे ।

उनले भने, 'जनताले अबको शक्तिका रुपमा काँग्रेसलाई लिएका छन् ।' 

सोही अवसरमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली जनताले उपनिर्वाचनमार्फत कांग्रेसलाई प्रष्फुटित गराएको बताए ।

कम्युनिष्टको दुई तिहाइको सरकार भएको बेलामा नेपाली जनताले लोकतन्त्रको रक्षाका खातिर कांग्रेसलाई सबल र सुदृढ गराउने चाहना देखाएको उनको भनाइ थियो । 

वर्तमान सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउँदै उनले भने, 'सरकारले हरेक पक्षमा मानव अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य पद्धतिलाई कमजोर बनाउने काम गरिरहेको छ, हामी सचेत हुनुपर्छ ।'

यही मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएका भरतपुर महानगरपालिका–१६ का अमृतराज हमाल, खैरहनी नगरपालिका–४ का देवबहादुर बस्नेत र ५ का प्रतिमा कार्की बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए ।

उनीहरूलाई सो अवसरमा सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्