१६ असार २०८३, मंगलबार

जब  भारतीय अर्थमन्त्रीले भनिन्, ‘म धेरै प्याज खादिनँ, चिन्ता नलिनु

मंसिर १९, २०७६
जब  भारतीय अर्थमन्त्रीले भनिन्, ‘म धेरै प्याज खादिनँ, चिन्ता नलिनु

अहिले नेपाल मात्र होइन छिमेकी मुलुक भारतमा पनि प्याजको चर्चा छ। प्याजको भाउ उकालो लाग्न थालेपछि महंगी नियन्त्रणका लागि भन्दै भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। नेपालमा पनि प्याजको उत्पादन न्यून हुने भएकाले भाउ ह्वात्तै बढेको छ।

यसै सन्दर्भमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आफू लसुन प्याज धेरै उपभोग नगर्ने परिवारबाट आएको बताएकी छिन्।

लोक सभामा राष्ट्रवादी कंग्रेस पार्टीकी सांसद सुप्रिया सुलेले सीतारमणलाई भारतमा प्याज उत्पादनमा किन कमी आएको भन्ने प्रश्न गरेकी थिइन्। जवाफमा मन्त्री सीतारमणले भनिन्, ‘म धेरै प्याज र लसुन खादिनँ, त्यसैले चिन्ता नलिनुहोस्। म यस्तो परिवारबाट आएको हुँ जसले प्याजको धेरै ख्याल राख्दैन।’

अर्थमन्त्री सीतारमणको प्रतिकृया पछि सामाजिक सञ्जालमार्फत धेरैले विरोध भएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्