२६ जेठ २०८३, मंगलबार

सौराहामा पुस १० गतेदेखि हात्ती महोत्सव

मंसिर २०, २०७६
सौराहामा पुस १० गतेदेखि हात्ती महोत्सव
फाइल फोटो

अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । ६ दिनसम्म सञ्चालन हुने यो महोत्सव १६ औं संस्करण हो । 

भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् । 

सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिने छन् ।

महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

महोत्सवको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सव गर्ने गरिन्छ ।

नयाँ वर्षमा विदेशी पर्यटक आफ्नै देशमा रमाउने हुँदा उनीहरूको संख्या कम हुने गर्दछ । नेपाली पर्यटक धेरै भित्र्याउन महोत्सव गर्ने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्