पछिल्लो समय टिकटक लोकप्रिय बनेको छ । यसमा भिडियो शेयर गरेर धेरै नै स्टार बनिसकेका छन् ।
भिडियो शेयर गरेर रातारात स्टार हुने होडमा यसमा शेयर गर्नका लागि अनेक भिडियो बनाउनेहरूको जमात ठूलो छ ।
टिकटकमा हालै एक भिडियो शेयर भएको छ । जुन भिडियोमा एक युवकले एक युवतीलाई गालामा झापड हानेका छन् भने धकेलेर भुईंमा लडाइदिएका छन् ।
सम्भवतः उनीहरूले भिडियोमार्फत प्रेमीप्रेमिकाको मायालाई देखाउन खोजेका हुन् ।
सो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
बलिउडका चर्चित कलाकार तथा निर्देशकहरूले पनि त्यो भिडियोमा प्रतिक्रिया जनाइरहेका छन् । छोटो समयमा यो भिडियोले दर्शकको ध्यान खिचेको छ ।
This is disturbing and @TikTok_IN needs to be accountable for what the platform is allowing. not cool @TikTok_IN https://t.co/zzZMkxwUZo
— Onir (@IamOnir) December 5, 2019
India needs to ban tiktok again pic.twitter.com/gu6iNVKPkF
— pari cheema (@pari_cheemaa) December 4, 2019