दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य पुनीराम कामीको निधन भएको छ।
लामो समयदेखि खुट्टाको बिरामी भएर शनिबार बिहान ८१ वर्षका उमेरमा निधन भएको हो । उनी तत्कालीन नेकपा (एमाले) का तर्फबाट वडा सदस्य निर्वाचित भएका थिए।
कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर – २ का वडाध्यक्षसमेत भएका थिए।
गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शोक वक्तव्य जारी गरी उनको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताए।