
चितवनमा अटो पल्टिँदा ५ जनाको मृत्यु भएको छ।
ना १ ह ६४०९ नम्बरको अटो राप्ती नगरपालिका ४ मा शनिबार बेलुका अनियन्त्रित भई पल्टिएको हो।
प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार मृतक कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारी बाहेक अन्य ४ जनाको परिचय खुल्न सकेको छैन।
दुर्घटनामा एक अर्का यात्रु पनि घाइते भएका छन्। घाइते २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अटो चेपाङमार्ग भएर चौकी डाँडातर्फ जाँदै गरेको थियो।