२३ असार २०८३, मंगलबार

दिनको १० खिल्ली चुरोट पिउनु सरह खतरनाक हुन्छ मोटोपनको समस्या

मंसिर २७, २०७८
दिनको १० खिल्ली चुरोट पिउनु सरह खतरनाक हुन्छ मोटोपनको समस्या

एक सोधका अधारमा किशोरावस्थामा अत्यधिक मोटो हुँदा या दुब्लो हुँदा औसत आयु उत्ति नै कम हुन्छ, जति एक दिनमा दश चुरोट पिउँदा हुन्छ ।

स्वीडेनका सोधकर्ताले १८ वर्षदेखि ३८ वर्षसका पुरुषमा गरेको एक सोधका अनुसार यस्तो नतिजा आएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटो हुनु या दिनको दश खिल्ली चुरोट पिउनु भनेको आफ्नो आयु घटाउनु हो ।

रिपोर्टका अनुसार धेरै वजन हुनु, कम तौल हुनु या दश खिल्ली चुरोट एकै दिनमा खानुले तीस प्रतिशत आयु घटाउँछ । अर्को कुरा धुम्रपान नगर्ने मोटो व्यक्तिका लागि पनि उत्तिकै खतरा छ, जति धुम्रपान गर्ने मोटो मान्छेलाई छ ।

अध्ययनमा १९४९ देखि १९५१ का मा जन्मेका ४५९२० व्यक्तिको बीचमा शोध गरिएको थियो । अध्ययनका अनुसार सामान्य तौल हुनेमध्ये ३ हजारको मृत्यु भएको थियो, जो अरु श्रेणीमा मर्नेवालामध्ये सबैभन्दा कम संख्या थियो ।

सोध गर्ने दलका डाक्टर मार्टिन नियोवियसले भनेका छन्, ‘सामान्य तौल हुने नवयुवकको तुलनामा धेरै मोटो हुनेको छिटो मृत्यु हुने सम्भावना कम हुन्छ, मोटोपनको शिकार ५० प्रतिशतभन्दा बढी देखियो ।’
 

salt training

कमेन्ट गर्नुहोस्