×

NMB BANK
NIC ASIA

अग्रलेख

सागमा नेपाली खेलाडीले बालेको आशाको दियो

मंसिर २२, २०७६

NTC
Premier Steels

सुस्त गतिको विकास, भ्रष्टाचार, प्रदूषण, बेरोजगारीलगायत तमाम निराशालाई बिर्साउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीहरूले आशाको दियो बालेका छन् ।

Muktinath Bank

आइतवार बिहानसम्ममा नेपाली खेलाडीले ४३ स्वर्ण, ३४ रजत र ६५ कास्य गरी कुल १ सय ४१ पदक जितेका छन् । साग खेलकुदमा नेपालको यो कीर्तिमानी प्रदर्शन हो । यसअघि आठौं सागको पदक तालिकामा दोस्रो स्थान हात पार्दा नेपालले ३१ स्वर्ण जितेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटक जसले नेपाललाई स्वर्ण पदक दिलाएका छन्, तिनीहरूमध्ये अधिकांशको आर्थिक स्थिति बलियो छैन । पारिवारिक र व्यक्तिगत जीवनका समस्या तथा अभावको पर्वाह नगरी खेलाडीहरूले देशका लागि स्वर्ण पदक जितेका छन् ।


Advertisment
Nabil box
Kumari

कराँते, तेक्वान्दो, पौडी, म्याराथोनमाजस्ता विधामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । कुस्ती, साइकिलिङलगायतमा पनि नेपाली खेलाडीको प्रदर्शन सम्झनलायक रह्यो ।

Vianet communication

रजत पदकमा चित्त बुझाउनु परेपनि नेपालले महिला भलिबलमा राम्रो प्रदर्शन गर्‍यो । फूटबलमा पनि नेपालको अहिलेसम्मको प्रदर्शन प्रशंसायोग्य नै छ ।

खेल क्षेत्रमा लागेका खेलाडीहरूलाई राज्यले पर्याप्त लगानी गरेको छैन । खेल क्षेत्र उपेक्षाको विषय बनिरहेकै छ । राष्ट्रिय बजेटको अत्यन्त थोरै हिस्सा मात्र खेल क्षेत्रमा छुट्याइने गरेको छ ।

साथै खेल क्षेत्र राजनीतिबाट पनि टाढा रहन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् खेल क्षेत्रका विज्ञभन्दा राजनीतिक भर्तिकेन्द्र बनेको छ ।

विदेशमा हुने अवसरमा खेलाडीको कोटामा राजनीतिक दलका कार्यकर्ताले असवर पाउने गरेका छन् । 

साग गेममा नेपाली खेलाडीले देखाएको कौशलले खेल क्षेत्रमा नेपालको भविष्य छ भन्ने कुरा पुष्टि गरेको छ ।

खेलकुदमा लगानी बढाउन र खेलाडीलाई प्रोत्साहन गर्न सके भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले देशको नाम राख्नेमा दुई मत छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x