
एजेन्सी- हलिउड अभिनेत्री जोइ किङको नयाँ फोटोशूटलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले व्यापक मजाक उडाइरहेका छन् ।
जोइले आफ्नो नयाँ फोटोशूट ट्विटरमा पोस्ट गरेकी थिइन् । त्यसलगत्तै उनी धमाधम ट्रोलको शिकार भइन् ।
फोटोशूटको पोजलाई मानिसहरूले शौचालयसँग तुलना गरेका छन् ।
एक सञ्जाल प्रयोगकर्ताले फोटोशूटलाई लिएर ट्रोल गरेका छन्, 'तिमीभित्र संस्कार भन्ने चीज छैन ?'