१७ असार २०८३, बुधबार

बिजुलीबाट ३ सय घरधुरी लाभान्वित

मंसिर २२, २०७६
बिजुलीबाट ३ सय घरधुरी लाभान्वित
फाइल तस्वीर

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् ।

बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ ।  

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रूपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४/७५ मा १० लाख तथा २०७५/७६ मा १५ लाख गरी कूल २५ लाख रुपैयाँको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्