
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले तेस्रो स्वर्ण दिलाएकी छन् ।
आइतवार सातदोबाटोस्थित पौडी पोखरीमा पौडीको ४ सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् ।
यसअघि उनले पौडीमा दुई वटा स्वर्ण र एउटा रजत पदक जितेकी थिइन् ।