०१ असार २०८३, सोमबार

यस्तो मन्दिर, जहाँ प्रसादका रूपमा चढाइन्छ 'मटन बिरयानी'

बैशाख १८, २०७८
यस्तो मन्दिर, जहाँ प्रसादका रूपमा चढाइन्छ 'मटन बिरयानी'

दक्षिण भारतको प्रमुख शहर तामिलनाडुको मदुरे जिल्लास्थित देवी मुनियान्दीको मन्दिरमा प्रसादका रूपमा मटन बिरयानी चढाइने गरिन्छ ।

उक्त मन्दिरमा प्रत्येक वर्ष आयोजना हुने फेस्टिभलमा देवीलाई खुसी पार्न मटन बिरयानीलाई प्रसादका रूपमा चढाइने गरिएको त्यहाँका पूजारीले स्थानीय सञ्चारकर्मीहरूलाई बताएका छन् ।

प्रत्येक वर्ष डिसेम्बरमा उक्त मेलाको आयोजना हुने गरेको छ ।

हिन्दू मन्दिरमा मटन बिरयानी चढाउने गरिएको यो एकमात्र मन्दिर हो ।

देवी मुनियान्दीको मन्दिरमा मटन बिरयानी प्रसादका रूपमा चढाउने प्रचलनको शुरुवात सन् १९७३ देखि चलेको थियो ।

त्यतिबेला मटन बिरयानी बेचेरै गुरू बनेका एकजना स्वामीले यो प्रचलन शुरू गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्