
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन्।
सडक डिभिजन भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेम्वाङले मुख्य राजमार्गको आवागमन सहज बनाउन खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका हुन्।
उनले राजधानी जोड्ने मुख्य सडक भएकाले जिम्मेवारपूर्वक तीव्र गतिमा काम गर्नुपर्ने बताए।
मन्त्री नेम्वाङले भने, ‘सबै जिम्मेवार भएर लागे कामले गति लिन्छ, तपाईहरु आफैँ सक्षम हुनुहुन्छ, यतिमात्रै हो, जिम्मेवारीलाई गहनपूर्वक लिनुप¥यो ।’ उनले सबै कर्मचारी अग्रसर भएर काम गर्नुपर्छ भन्ने भावनाबाट अघि बढ्नुपर्ने बताए।
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको चितवन र धादिङ खण्ड मर्मतको काम डिभिजन सडक कार्यालय भरतपुरबाट हुने गरेको छ । पृथ्वी राजमार्गको ८२ किलोमिटर र त्रिभुवन राजपथको ४२ किलोमिटर सडकमा नियमित मर्मत भइरहेको छ । मोफसललाई काठमाडौँ जोड्ने मुख्य यो सडक विस्तारको प्रक्रिया पनि अघि बढेको छ ।