२६ जेठ २०८३, मंगलबार

प्रशासनले भन्यो– कोहलपुरमा कर्फ्यू आदेश जारी भएको छैन

मंसिर २३, २०७६
प्रशासनले भन्यो– कोहलपुरमा कर्फ्यू आदेश जारी भएको छैन
फाइल फोटो

बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

निमित्त प्रजिअ कृष्णप्रसाद उपाध्यायका अनुसार कोहलपुरका केही स्थानमा निषेधित क्षेत्र मात्र घोषणा गरिएको हो ।

आइतबार कोहलपुरस्थित त्रिभुवन माविकी छात्रा प्रकृति चन्दलाई ना२ख ९४५९ नंको ट्रकले किचेपछि विद्यार्थी समूह र स्थानीयवासीको विरोधका कारण कोहलपुर क्षेत्रमा तनाव उत्पन्न भएको थियो । 

तनावको अवस्थालाई मत्थर पार्न र कुनै ठूलो दुर्घटना हुन नदिन कोहलपुरको केही स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले हिजै जारी गरेको सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्