
कियाको स्टाइलिस एसयूभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ ।
नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो
यो योजना अन्तर्गत मासिक किस्ता ४८ हजार ३८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको लोकप्रिय स्पोर्टेज कार आफ्नो बनाउन पाइनेछ । शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार किन्न मूल्यको ५० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्छ । बाँकी रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न पाइने कम्पनीले जनाएको छ ।
देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयूभी खरिद गर्दा पनि किस्ताबन्दी सुविधा पाइने कम्पनीको भनाइ छ । यो गाडी कन्टिनेन्टलले कोरियाबाटै आयात गरेर नेपालमा बिक्री–वितरण गरिरहेको छ ।
राजधानी उपत्यकामा गैरीधारा, महाराजगञ्ज र जावलाखेलमा कियाका आउटलेट छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन पर्याप्त मात्रामा सर्भिस सेन्टरको व्यवस्था गरेको छ, जहाँ दक्ष इन्जिनियरको निगरानीमा प्रशिक्षित प्राविधिकले सेवा दिन्छन् ।
अल ह्विल ड्राइभ स्पोर्टेज अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् । जीटी लाइन मोडलका यी कार कोरियाबाटै आयात गरिएको हो । किस्ताबन्दी योजना जनवरी १५ सम्मका लागि ल्याइएको हो ।