
भोलिबाट देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधवार साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी वायुको प्रभावले हिमपात तथा वर्षा हुनसक्ने महाशाखाले जनाएको हो ।
'बुधबार साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात र वर्षा हुने र अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने छ । यो प्रणाली बिहीबार अझै सशक्त हुनेछ,' महाशाखाले गरेको ट्वीटमा भनिएको छ ।
बुधबार साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात र वर्षा हुने र अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने छ। यो प्रणाली बिहीबार अझै सशक्त हुनेछ। थप जानकारीःhttps://t.co/O4rJp2suUY@NEOCOfficial @nepaltourismb
— Nepal Weather Forecast (@DHM_Weather) December 10, 2019
मौसममा बदलि आई वर्षा/हिमपात हुने संभावना रहेकोले सबैमा समयमै सुचना पुर्याउन सहयोग गरि सावधानि समेत अपनाउनुहोला!! मौसम सम्बन्धी जानकारिहरु https://t.co/xJTG3TAweZ गई अध्यावधीक गर्नुहोला। @NEOCOfficial !!! https://t.co/LQ9KTTBR5l
— Nepal Weather Forecast (@DHM_Weather) December 10, 2019