०५ असार २०८३, शुक्रबार

संक्रमणकालीन न्यायलाई  टुंग्याउन छिट्टै ऐन संशोधन :  गृहमन्त्री थापा

मंसिर २४, २०७६
संक्रमणकालीन न्यायलाई  टुंग्याउन छिट्टै ऐन संशोधन :  गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन ऐन संशोधनको तयारी रहेको बताएका छन्।

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा

मन्त्री थापाले छिट्टै ऐन संशोधन हुने विश्वास व्यक्त गरे। उनले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गरे। 

मन्त्री थापाले नागरिकको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई यस कार्यमा सहयोग गर्न आग्रह गरेका हुन्।  मानव अधिकार आयोगले कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेर पठाएका निर्णयहरु केही कार्यान्वयन गरेको र केही कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए।
    

salt training

कमेन्ट गर्नुहोस्