१२ असार २०८३, शुक्रबार

हाम्रो पात्रोसँगको सहकार्यमा भाइबरले शुरू गर्‍यो 'हाम्रो राशिफल' च्याटबट

मंसिर २५, २०७६
हाम्रो पात्रोसँगको सहकार्यमा भाइबरले शुरू गर्‍यो 'हाम्रो राशिफल' च्याटबट

लोकप्रिय म्यासेजिङ एप भाइबरले हाम्रो पात्रोसँग साझेदारी गरेर हाम्रो राशिफल च्याटबट प्रारम्भ गरेको छ ।

प्रयोगकर्ताको आवश्यकताअनुसार जहाँ पनि, जहिले पनि उपलब्ध हुने यो च्याटबट अनुकूलनीय प्रयोगकर्ता मैत्री, लेख्य–आधारित विशेषतायुक्त छ ।

नेपाली उपभोक्ताहरूले अब भाइबरको साथमा आफ्नो औंलाहरूरुमा राशिफल पाउन सक्नेछन् ।

तत्काल कल गर्ने र सन्देश पठाउने एप प्लेटफर्मका उत्साही एवं उत्सुक प्रयोगकर्तालाई केही नयाँ अनुभव दिलाउन र बफादार आधार निर्माण गर्न चाहन्छ । भाइबरले हाम्रो पात्रोको विशेषज्ञता तथा विश्वसनीयतालाई अगाडि ल्याउनेछ र यो सेवाको माध्यमबाट प्रयोगकर्ताहरूलाई गहन मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ ।

भाइबर प्रयोकर्ताहरूले अब विना कुनै सदस्यता शुल्क दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल आफूले पाउन, अन्वेषण गर्न र अरूसँग शेयर गर्न सक्नेछन् । यो सेवासँग कुनै अतिरिक्त शुल्क गाभिएको छैन ।

सहकार्य समारोहलाई सम्बोधन गर्दै हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले भने–

‘नेपाली मोबाइल–एप उद्योगको एक अग्रणी भएको नाताले हामी हाम्रा प्रयोगकर्तालाई आफ्नो दैनिक गतिविधिहरूसँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरू प्राप्त गर्न र समुदायसँग नजिक रहिरहन सक्षम बनाउन हाम्रो प्लेटफर्ममा सेवाहरू निरन्तर उपलब्ध गराउन प्रयासरत छौं । हामी राकुटेन भाइबरसँग यो साझेदारी गर्न पाएकोमा र भाइबर एपमा देशभरका हाम्रा प्रयोगकर्तालाई आफ्नो राशिफलको भविष्यवाणी प्राप्त गर्न र अद्यावधिक गर्न सक्षम गराउन सकेकोमा खुशी छौं ।’

सोही समारोहमा आफ्नो भनाइ राख्दै राकुटेन भाइबरका सिनियर निर्देशक अनुभव नइयरले भने–

‘ज्योतिषशास्त्र नेपाली संंस्कृतिको एक अभिन्न हिस्सा हो र हामी हाम्रो पात्रोसँग सहकार्य गर्न पाएकोमा तथा हाम्रा नेपाली प्रयोगकर्ताहरूको औंलामा नै राशिफल ल्याउन सकेकोमा प्रफुल्लित भएका छौं । हाम्रा लागि नेपाल एक मुख्य बजार हो र यो पहलकदमीले हाम्रो स्थानलाई अझ सुदृढ पार्ने उद्देश्यबाट अभिप्रेरित छांै, हामी त्यस्तो अनुभूति सिर्जना गर्न चाहन्छौं, जुन हाम्रा प्रयोगकर्ताका लागि सन्दर्भयुक्त एवं सम्बन्धित होऊन् । हामी ढुक्क छौं कि हालैको संयोजनले हाम्रा प्रयोगकर्तालाई थप अर्थपूर्ण मूल्य ल्याउनेछ ।’

दैनिक राशिफलको भविष्यवाणीको ग्राहक बन्नुका अतिरिक्त प्रयोगकर्ताहरूले यी सुविधाहरू पनि प्राप्त गर्नेछन् :
– विभिन्न राशिका भविष्यवाणीहरु जाँच गर्ने–हरेक दिन, साप्ताहिक, मासिक र वार्षिक एकपटक गर्ने ।
– प्रत्येक विहान दैनिक राशिफल प्राप्त गर्ने ।
– व्यक्तिगत राशिफल भविष्यवाणी प्राप्त गर्ने ।

यो नयाँ भाइबर विशेषता अहिले नै प्रयोग गरेर शुरू गर्न तल दिइएको लिंक क्लिक गर्नुहोस् ।

https://chats.viber.com/hamrorashifal

salt training

कमेन्ट गर्नुहोस्