
'कन्ट्रोभर्सी क्वीन'को रूपमा परिचित अभिनेत्री राखी सावन्त बेलाबेलामा चर्चामा रहने गर्छिन् । विवादित बनिरहने भएकाले उनलाई सञ्चारमाध्यमहरूले 'कन्ट्रोभर्सी क्वीन' समेत भन्न थालेका छन् ।
राखीको हालै एउटा भिडियो बाहिर आएको छ । जसमा उनी निकै उदास देखिन्छिन् ।
भिडियोमा उनी बारम्बार बोलिरहेकी छन् कि विवाह नगर्नू, विवाह नगर्नू । राखीको यस भिडियोपछि सामाजिक सञ्जालमा उनी वैवाहिक जीवनमा खुशी छैनन् कि भन्ने चर्चा शुरू हुन थालेको छ ।
यस अघि पनि सार्वजनिक भिडियोमा उनी उदास नै देखिएकी थिइन् ।
जुलाई २८ मा राखी सावंतले मुम्बईको जेडब्यू म्यारिओट होटलमा गुपचुप विवाह गरेकी थिइन् । राखीको पतिको नाम रितेश हो । उनी अहिलेसम्म सञ्चारमाध्यममा देखिएका छैनन् । उनी एक व्यवसायी हुन् ।