
केही समयदेखि चोटका कारण भारतीय क्रिकेट टीमबाट बाहिर रहेका क्रिकेटर हार्दिक पांड्या शल्यक्रियापछि अहिले आराम गरिरहेका छन् ।
मैदानमा नदेखिएका हार्दिकले भने, 'क्रिकेट मेरो रगतमा छ । म यसबाट टाढा रहन सक्दिनँ । म अब पुन: मैदानमा फर्कनका लागि मानसिक रूपले फिट हुन जरुरी छ ।'
टीमबाट टाढा रहन हार्दिक आफैंलाई पनि मन पर्दैन । उनले भने, 'मैले धेरै दिन ढाडको दुखाइको बाबजुद पनि खेलिरहेको थिएँ । शल्यक्रिया गर्न नपरोस् भन्ने लागिरहेको थियो तर गर्नैर्यो ।'
दुखाइको कारण आफूले शतप्रतिशत प्रदर्शन गर्न नसकेको उनले बताए ।
उनले थपे, 'अहिले मैले सहज महसूस गरिरहेको छु । सर्जरीपछि टीममा फर्कन सजिलो हुँदैन । म यसका लागि कोशिश गर्नेछु ।