२६ असार २०८३, शुक्रबार

आलियामाथि लाग्यो अवार्ड फिक्सिङको आरोप

मंसिर २५, २०७६
आलियामाथि लाग्यो अवार्ड फिक्सिङको आरोप

बलिउड अभिनेत्री आलिया भट्टको मिडियामा छाइरहने गर्छिन् । उनी पछिल्लो समय फिल्म र रणवीर कपूरसँगको अफेयरका कारण पनि सञ्चारमाध्यममा खबर बन्ने गरेकी छन् ।

अभिनयबाट प्रशंसक कमाएकी आलियामाथि गम्भीर आरोप लागेको छ । सामाजिक सञ्जालमा आलियामाथि अवार्ड फिक्सिङको आरोप लागेको छ ।

हालै सामाजिक सञ्जालमा आलियाको एउटा भिडियो भाइरल भइरहेको छ, त्यसैलाई आधार मानेर मानिसहरूले उनीमाथि अवार्ड फिक्सिङको आरोप लगाएका हुन् ।

कंगना रनावतकी बहिनी रंगोली चंदेलले उनको भिडियो सेयर गर्दै केही प्रश्नहरू खडा गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्