२९ जेठ २०८३, शुक्रबार

बिहे गराइदिने पण्डितले नै दुलही भगाएपछि हङ्गामा

मंसिर २५, २०७६
बिहे गराइदिने पण्डितले नै दुलही भगाएपछि हङ्गामा

भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् ।

२१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा गत मे ७ मा रीनाले एक युवकसँग बिहे गरेकी थिइन् ।

त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन् ।

बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् । माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागिन् ।

स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्