
भारतमा प्याजको भाउ घटेको छ। अफगानिस्तानबाट आयात बढेसँगै भारतको नयाँदिल्ली लगायतका राज्यमा मूल्य घटेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अफगानिस्तान से प्याज की आवक बढ़ने से देश की राजधानी दिल्लीको आजादपुर हाटमा बुधबार प्याजको मूल्य ३०—७० रुपैयाँ प्रतिकिलो थियो।
अफगानिस्तानसँगै टर्कीबाट प्याज आयात बढेपछि भाउ घटेको व्यापारीहरुले बताएका छन्।
यद्यपि, भारतका अन्य सहरमा अझै पनि प्याज प्रतिकिलो १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। नेपालमा पनि पछिल्लो समय चीन लगायतका मुलुकबाट प्याजको आयात बढेपनि मूल्य घट्न सकेको छैन। तर, भारतमा प्याजको मूल्य क्रमशः घट्दै गएमा नेपाली बजारमा पनि गिरावट आउनसक्ने ठानिएको छ।