१० असार २०८३, बुधबार

पैसा बुझाउन नसक्दा सुत्केरै अस्पतालमै 'बन्धक'

मंसिर २६, २०७६
पैसा बुझाउन नसक्दा सुत्केरै अस्पतालमै 'बन्धक'

उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी संगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् ।

एक महिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् । 

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर्‍याइएको थियो । नवजात जुम्ल्याहामध्ये एकको मृत्यु भइसकेको छ भने अर्की शिशु तोपास्थित घरमा छिन् । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्