
प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ मा माधव नेपाललाई बालुवाटारमा बोलाएर तीन प्रस्ताव गरे, १) बढ्दो तिक्तता हटाउने र हार्दिकता बढाउने, २) पार्टी कार्यालय पुननिर्माणको जिम्मा दिने र ३) कालापानी सीमा विवाद समाधान गर्न ‘विशेष दूत’का रूपमा भारत पठाउने ।
झन्डै तीन महिनाको संवादहीनता तोड्न ओलीले तारन्तार निम्तो पठाएपछि नेपाल ११ बजेतिर बालुवाटार पुगेका थिए ।
चार घन्टा लामो ‘लन्चसहितको छलफल’ ओलीको पहिलो र दोस्रो प्रस्तावलाई नेपालले सहज लिए । तेस्रो प्रस्तावमा उनी अचम्मित भए ।
उनको मनमा अनेक प्रश्न खेल्न थाले । कतै प्रधानमन्त्रीले आफूलाई थप अप्ठ्यारोमा पारेर खेलाउन चाहिरेको त छैनन् ? उनले पहिलो र दोस्रो प्रस्तावमा हार्दिकतापूर्वक छलफल गरे पनि तेस्रो प्रस्तावबारे जावाफ दिएनन् ।
यत्ति भने, ‘तपाईंको प्रस्तावका विषयमा म अलिक सोच्छु र बेलुकीतिरसम्म जवाफ दिउँला ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।