१६ असार २०८३, मंगलबार

जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

मंसिर २६, २०७६
जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ ।

बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

'उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ', वडाध्यक्ष नवराज लामिछानेले भने,  'यसले उहाँहरूलाई सहज भएको छ ।'

अध्यक्ष लामिछानेका अनुसार शारीरिक अपाङ्गता भएकी डुम्रिगाउँका सुष्मा श्रेष्ठ, रजौराका ९१ वर्षीया खगेश्वरी रजौरे, गोलौराका ९६ वर्षीया छविलाल रेग्मी र गाइडहरका ८१ वर्षीया पिपादेवी केसीलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । अन्य असक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिनेसमेत उनले बताए। 

पहिलो चौमासिकअन्तर्गत ज्येष्ठ नागरिकलाई रु तीन हजारका दरले रु १२ हजार र शारीरिक अपाङ्गता भएका व्यक्तिलाई रु दुई हजारका दरले रु आठ हजार वितरण गरिएको हो । उक्त वडामा कृषि विकास बैंक तुलसीपुर शाखाले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्