०१ साउन २०८३, शुक्रबार

युवक नहरमा मृत भेटिए

मंसिर २६, २०७६
युवक नहरमा मृत भेटिए

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।

बिहीवार बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

'प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ', प्रवक्ता चन्दले भने, 'घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरू गरेको छ ।' घटनास्थलको प्रहरीे टोली मचुल्का गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्