३० जेठ २०८३, शनिबार

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

मंसिर २६, २०७६
टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले जाडोयामको अवसरमा विन्टर ब्लेसिङ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक सोरुममा मंसिर २७ गते शुक्रवारदेखि शुरू भई मंसिर २९ गते आइतवारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एच फाईभ, नेक्सन, टियागो, टिगोर, एनआरजी लगायतका गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

जुनसुकै ब्राण्डका गाडी एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ । कार्यक्रममा नगद छुट, डोर प्राइज, गाडी सजावटका सामान, बीमा सुविधा, १ वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषण रहेका छन्।  

कार्यक्रममा कम्पनीले थापाथलीस्थित टाटा मोटर्सको अत्याधुनिक शोरुममा आएर भरपुर फाइदा उठाउन अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्