
जेलको नाम सुन्नेबित्तिकै मनमा धेरै प्रकारका विचार आउन थाल्छन् । मानिसलाई जेलमा कहिल्यै जान नपरे हुन्थ्यो जस्तो लाग्छ । तर क्युबामा एउटा यस्तो जेल छ, जहाँ कैदीबन्दीहरूमाथि करोडौं खर्च गरिन्छ ।
१० वर्षका लागि जेलमा राखिएको एक कैदीलाई त्यहाँको जेल प्रशासनले १ करोड डलर भन्दा बढी खर्च गर्ने गरेको अन्तर्राष्ट्रिय माध्यमहरूले जनाएका छन् । यही कारणले यो जेल संसारको सबैभन्दा महँगो जेल मानिने गरेको छ ।
क्युबाको 'ग्वान्तेनामो बे' नामको यो जेलमा कैदीहरूलाई कहीं कतैबाट पनि भाग्न नमिल्ने गरी राखिएको छ । ठूला ठूला अपराधीहरूलाई यहाँ राखिन्छ । यो जेलमा अहिले जम्मा ४० वटा कैदी छन् र वर्षमा १ अर्ब भन्दा बढी खर्च हुने गरेको छ ।