२२ जेठ २०८३, शुक्रबार

यो हो संसारकै सबभन्दा महँगो हिरा, मूल्य सुन्दा जिब्रो टोकिन्छ

मंसिर २६, २०७६
यो हो संसारकै सबभन्दा महँगो हिरा, मूल्य सुन्दा जिब्रो टोकिन्छ

हिरालाई सबै गहना मध्ये सर्वश्रेष्ठ मानिदै आएको छ । यही कारणले अन्य रत्नको तुलनामा यसको मूल्य पनि महँगो पर्ने गरेको छ । विश्वमा यस्ता हिरा पनि छन्, जसको मूल्य अर्बौ रुपैयाँ हुने गरेको छ । आज हामी तपाईलाई विश्वकै महँगो हिराको बारेमा जानकारी गराउन गइरहेका छौ ।

पिंक सर विश्वकै दुर्लभ हिरा मध्येको एक हो । ५९.६ क्यारेटको यो हिराको आकार कुखुराको अण्डा बराबर रहेको छ । २०१७ मा हङकङमा भएको लीलामीमा यो हिरा ७ अर्ब ४० करोड रुपैयाँमा बिक्री भएको थियो । यो सर्वाधिक महँगो हिराको बिक्रीको विश्व रेकर्ड रहेको थियो ।

ओपनहाइमर ब्लू हिरा पनि दुर्लभ हिरा मध्येको एक हो । १४.६२ क्यारेटको यो हिरा २०१६ मा स्वीट्जरल्यान्डको जेनेभाको क्रिस्टी लीलामी घरले लीलामी गरेको थियो । यो हिरा करिब ५ अर्ब २६ करोड रुपैयाँमा बिक्री भएको थियो ।

ब्लू मुन नामको यो हिरा २०१५ मा ५ अर्ब ४ करोड रुपैयाँमा बिक्री भएको थियो । औठीमा राखिएको यो हिरा हङकङका जोसफ लूले आफ्नी छोरीका लागि किनेका थिए । यसपछि उनले उक्त हिराको नाम पनि आफ्नी छोरीको नाममा ब्लू मुन अफ जोसेफाइन राखिदिएका थिए । यो हिरा १२.०३ क्यारेटको थियो ।

विश्वकै सर्वाधिक ठूलो हिरा सुमार ग्राफ पिंक २०१० मा लीलामी भएको थियो । जसमा यो हिराले करिब ४ अर्ब ८० करोड रुपैयाँको मूल्य पाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्