
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरु जागिरे मानसिकताबाट मुक्त हुनुपर्ने बताएका छन्।
पोखरा महानगरपालिका–२५ हेमजास्थित गौरीशङ्कर माविको बिहीबार ६२औँ वार्षिकोउत्सव समारोहमा उनले संस्थागत विद्यालयको तुलनामा सार्वजनिक विद्यालयका शिक्षक योग्य रहे पनि उनीहरुले आफ्नो क्षमता नदेखाएको उल्लेख गरे।
‘सरकारी विद्यालयमा कार्यरत शिक्षकको जागिरे मानसिकता नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको मुख्य कारण हो, शिक्षणलाई केवल जागिरका रुपमा मात्र प्रवृत्तिलाई त्यागौँँ,’ उनले भने।
अध्यक्ष तिमिल्सिनाले शिक्षक सेवा आयोगले लिने परीक्षामा उत्कृष्ट भएर छानिएर आएका शिक्षकको पठनपाठन कमजोर हुन नहुनेमा जोड दिँदै सर्वसाधारण जनताका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयलाई सबैले गर्व गर्ने बनाउनुपर्ने भनाइ राखे।a