२२ जेठ २०८३, शुक्रबार

भारतमा भेटियो दुईटाउके कोब्रा, 'भगवान' भन्दै स्थानीयले वन्यजन्तु अधिकारीसमक्ष हस्तान्तरण गर्न मानेनन्

मंसिर २७, २०७६
भारतमा भेटियो दुईटाउके कोब्रा, 'भगवान' भन्दै स्थानीयले वन्यजन्तु अधिकारीसमक्ष हस्तान्तरण गर्न मानेनन्

भारतमा वन्यजन्तु अधिकारीहरूले दुई टाउके सर्प फेला पारेका छन् ।

बङ्गालको मिडनापोर शहरमा दुईटाउके कोब्रा सर्प फेला परेको हो । मानवबस्तीको वरिपरी देखिएको उक्त सर्पलाई स्थानीयहरूले वन्यजन्तु अधिकारीहरूलाई सुम्पिन भने मानेका छैनन् ।

वन विभागका कर्मचारी कौस्तब चक्रवर्तीले भने, 'हामीले अनुसन्धानका लागि लैजान खोजेका थियौं तर गाउँलेहरूले दुईमुखे कोब्रा हामीलाई दिन चाहेनन् । दुई मुखे सर्पको पौराणिक र धार्मिक महत्त्व रहेको विश्वास गरिएको छ तर यो बिल्कुलै जीवविज्ञानसँग सम्बन्धित विषय हो ।'

यस्ता जनावरहरूलाई संरक्षण गर्नका लागि उनीहरूकै वास्तविक बासस्थानमा लगिनुपर्ने चक्रवर्ती बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्