२८ जेठ २०८३, बिहीबार

नेकपा सचिवालय बैठक स्थगित

मंसिर २७, २०७६
नेकपा सचिवालय बैठक स्थगित

नेताहरूको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालयको शुक्रवारका लागि तय गरिएको बैठक स्थगित भएको छ । 

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्