मुम्बई, ५ पुस– बलिउड अभिनेत्री करीना कपूरले छोरा जन्माएकी छिन् । करीनाले मंगलवार बिहान ७ ः३० मा कैंडी अस्पतालमा छोरा जन्म दिएकी थिइन् ।
अहिले करीना र उनको बच्चा दुबैको स्वास्थ्य अवस्था बिलकुल सामान्य छ । छोराको नाम तैमूर अली खान पटौदी राखिएको छ । बच्चाका बुबा सैफ अली खानले आफ्नो छोराको नाम तैमूर राख्दा नाम सुहाउँदो नभएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।
केहीले सैफले राखेको उक्त नाम राम्रो भएको पनि बताएका छन् । तर बच्चाको उक्त नामप्रति धेरैले असन्तुष्टि जनाउँदै ट्वीटरमा बच्चाको नयाँ नाम राख्न समेत सुझाएका छन् ।
बच्चाको नाम तैमूर अर्थात यसको अर्थ हुन्छ तुर्क शासक । भारतराज्यको मुगल शासकको नाम राखेका बाबरको पाँचौं सन्तानको वंशजका रुपमा तैमूरलाई लिइन्छ ।
तैमूर नाम एक तानाशाहीको नाम भएको भन्दै नाम परिवर्तन गर्नुपर्ने भन्दै धेरैले ट्वीट गरिरहेका छन् । करीनाले फेरि एक तानाशाहीको जन्म दिएको भन्दै नामप्रति धेरैले आपत्ति जनाएका थिए ।
सन २०१२ मा सैफ र करीनाको विवाह भएको थियो । सैफको पहिलो पत्नीको नाम अमृता सिंह थियो । सन १९८० मा अमृतासँग सैफको विवाह भएका थिए । सैफ र करीनालाई छोटकरीमा सैफीना भन्ने पनि चलन छ । सैफका पहिलो पत्नीको तर्फबाट एक छोरा र छोरी छ ।
एजेन्सी